July 4, 2020
3:09 PM | 7:54 PM

हिसिला यमी सवारी दुर्घटनामा घाइते

  9th September 2019 मा प्रकाशित

पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमी सवारी दुर्घटनामा परी घाइते भएकी छन् । यमी स्कुटर दुर्घटनामा परेर अस्पताल भर्ना भएकी हुन् ।
आइतबार दिउँसो पार्टी कार्यालय जाने क्रममा ललितपुरको ग्वार्कोमा यमी सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी दुर्घटनामा परेको र तत्कालै विएण्डबी अस्पताल भर्ना गरिएको यमीकी छोरी मानुषीले बताइन् । मानुषीका अनुसार हिसिलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बाहिरी चोट देखिएको छैन । हिसिला सवार स्कुटर उनकै सहयोगी एक युवतीले चलाएकी थिइन् ।

प्रतिक्रिया