१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए निर्वाचनमा राजनैतिक तथा जातिय उम्मेदवार माथि कडाई (सूचना सहित)

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १०:००

लण्डन । गैर आवासीय नेपाली संघको अक्टोवर दोस्रो साता हुने निर्वाचन प्रकृया सुरु भएको छ । संघको निर्वाचन समितिको तर्फवाट एक सूचना जारी गर्दै निर्वाचन आयुक्त शिव प्रसाद रिजालले राजनैतिक, जातिय वा धार्मिक सँस्थाको कार्यकारी समितिको पदाधिकारी माथि कडा प्रवधान सार्वजानिक गरेका छन् ।

सूचना अनुसार कुनै पनि उम्मेदवारले राजनैतिक, जातिय सँस्थाको कार्यकारी समितिको सदस्य पद धारण गरेको भए सो पद त्याग गरेको प्रमाणपत्र पेश गर्न भनिएको छ । नयाँ नियमावली अनुरुप उम्मेदवारले आफ्नो मनोनयसंगै ती पदहरु त्याग गरेको प्रतिबद्धता पेश गर्नु पर्ने छ ।

यस्तै निर्वाचन समितिले उम्मेदवारहरुको उम्मेदवारी शुल्क समेत तय गरेको छ । निर्वाचन समितिका अनुसार अध्यक्षको लागि १० लाख, उापध्यक्ष र महासचिवहरुको लागि ६ लाख, सचिव तथा कोषाध्यक्षको लागि ५ लाख तोकिएको छ ।

यस्तो छ निर्वाचन समितिको निर्देशन