१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युके निर्वाचनः पुनम प्यानलमा हाईप्रोफाइल उम्मेदवार !

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १०:२०

लन्डन । बेलायतमा कार्यरत वरिष्ठ चिकित्सक डा. सुनिल साहले एनआरएन युकेको नयां कार्यसमितिलाई समावेशी बनाउन आह्वान गरेका छन्।

यही सेप्टेम्बर १४ मा हुन गइरहेको निर्वाचनमा कार्यसमिति सदस्यका लागि उम्मेदवारी दिएका डा. साहले गैर आवासीय नेपाली संघको मर्म बमोजिम नयां बन्ने कार्यसमितिलाई समावेशी बनाउन आग्रह गरेका हुन् ।

‘झन्डै १४,००० सदस्य सहित एनआरएन युके संसारमै सबै भन्दा बढी सदस्यहरु भएको राष्ट्रिय समन्वय परिषद बन्न पुगेको छ। अब हामीले युकेमा बसोबास गरिरहेका जनजाति, मधेशी लगायत सबै नेपाली समुदायको प्रतिनिधित्व हुने गरी नयां कार्य समिति चुन्नु पर्दछु, उनले भने। बेलायतको लिभरपुलमा एनएचएसको परामर्शदाताका रुपमा कार्यरत डा। साह मुख तथा म्याक्सिलो फेसियल विधाका चर्चित सर्जन हुन् ।

उनकै सक्रियतामा २ नम्बर प्रदेश अन्तर्गत जनकपुरधाममा ‘क्रेनियो फेसियल सेन्टर नेपाल’ स्थापना गरिएको छ ।
‘बेलायतस्थित नेपाली समुदायलाई एकताबद्ध गर्न र आफ्नो पेशागत सीप र दक्षता नेपाल र नेपालीको हितमा लगाउने उद्देश्यले मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ । सबै मतदाताहरुको सहयोग र समर्थन पाउने मैले विश्वास लिएको छुु’ डा साहले भने ।