८ बैशाख २०८१, शनिबार
Follow Us

युवा बीच लोकप्रिय अनिल (तिर्थ बहादुर मल्ल) एनआरएन युकेको युवा संयोजकमा उम्मेदवार

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १२:०५

लन्डन । बेलायतका युवा व्यवसायी तिर्थ बहादुर मल्ल (अनिल) गैरआवासीय नेपाली संघ यूकेको आगामी निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिएका छन् । सेप्टेम्बर १४ का लागि निर्धारित एनआरएन यूकेको निर्वाचनका उनले सो उम्मेदवारी दिएका हुन् ।

मोना यूकेको युथ टिममा अध्यक्षको जिम्मेवारी सम्हालेका उनले संस्थाले वर्षेनी आयोजना गर्ने बेलायतव्यापी भलिबल प्रतियोगितामा पनि संयोजकको भूमिका खेल्दै आए पछि युवा माँझ निकै लोकप्रियता कमाएका छन् ।

कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । एनआरएन होस् वा मिडिया, भलिबल होस् वा विभिन्न च्यारिटी कार्यक्रम, विगत केहि वर्षदेखि समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् ।

युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिने निर्णय लिएका अनिलसंग भिजन र कार्ययोजना सहित निर्वाचनमा आएका हुन् ।

बेलायतमा जन्मिएका र यतै हुर्किंदै गरेका नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने लक्ष्य उनले लिएका छन् ।

विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने जनाए ।