६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएलाई खबरदारी गरौं

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १२:२८


एनआरएनएमा नयाँ भिजन, खादामाला, आसनग्रहण खारेज

राज कुमार त्रिपाठी।

लण्डन । गैरआवासीय नेपाली अभियान भित्र सबै वर्ग अटाइनु पर्दछ। नेतृत्व तहमा केबल पैसाँवालहरु मात्र पुग्न सक्ने गरी उम्मेदवारी शुल्क दशलाख देखी पाँच लाख सम्म पदाधिकारीहरुलाई तोकिएको छ। लामो कार्यकाल एनआरएनए एनसीसीमा बसि काम गरिरहेका र केन्द्रिय नेतृत्वमा पुग्न र काम गर्न इच्छुक राम्रा सोच भएकाहरुबाट साथीहरु यो चर्को उमेदवारी शुल्क राखिएकोले उमेदवारी दिन बञ्चीत हुने अवस्था आएको छ ।

मैले केहि केन्द्रिय नेतृत्वसंग उम्मेदवारी शुल्क घटाइदिन सबैको भावना समेत प्रतिनिधित्व गराईनु पर्ने अनुरोध गरे।

हुने खाने धनि भन्ने हरुले पैसा कमाउनुस तब मात्र गैरआवासीय नेपाली संघमा प्रयास गर्नुहोस् सम्म भने । मैले चाहेको गैरआवासीय नेपाली संघमा सबै पक्ष अटाउनु सक्नु पर्दछ भन्ने हो ।

कमजोर आर्थिक स्थित भएका तर सुनौला बौद्धिक एवं सैद्धान्तिक सोच राख्ने आदर्शवादी साथिहरुलाई सदैब नेतृत्वमा बञ्चीत गराउने अतिवादी सोच हाबी भएको देखिएको छ।

उमेदवारी शुल्क घटाउन अब हामी सबैले खबरदारी गर्नुपर्ने बेला यहि हो। मैले संसारकै एनआरएन मध्य सर्वाधिक सदस्य भएको देश बेलायतको अधिवेशनमा केही महत्वपूर्ण महासचिवको प्रतिवेदन मार्फत प्रस्ताब पेश गरे ।

अधिवेशन हलले सर्वसम्मतमा एनआरएन वेलायतको हाल रहेको उमेदवारी शुल्क लाई भविष्यमा हुने दशौं अधिवेशनमा ५० प्रतिशत घटाउने निर्णय लिइएको छ।

त्यसैगरी एनआरएनएको उमेदवारी शुल्कको हकमा आगामी अक्टोबरमामा काठमाण्डौंमा हुने ९ औं महाधिवेशन अगावै ५० प्रतिशतले घटाउने व्यवस्था गर्न बेलायतबाट सुझाब पेश गर्न चाहन्छु ।

त्यसै गरी एनआरएन बेलायतले गर्ने कार्यक्रममा अब आइन्दा अतिथीहरु लाई मात्र खादा ब्याज दिने र अरुलाई नदिने मितव्ययी बताउने निर्णय अधिवेशनले गरेको छ ।

खादा , ध्वजा, श्रृङ्गार नदिंदा करिब २ बर्षमा ६ हजार पाउण्ड बचत हुने र यसरि कार्यक्रम आर्थिक मितव्ययी बताउँदा बचत हुने करिब ६ हजार पाउण्ड बाट नेपालमा बसोबास गर्ने अति आर्थिक कमजोर परिवारका विद्यार्थी को शिक्षाको लागी छात्रवृती प्रदान गर्ने निर्णय सर्वसम्मत निर्णय अधिवेशन हलले गरेको छ ।

आसन ग्रहणमा लामो समय गएको कार्यक्रमको महत्वमा कमि आएको समय अभाबले बोल्नु दिनुपर्ने महवपूर्ण विषयमा समय दिन नसकिएको, कार्यक्रममा खर्च हुने तर आउटपुट न्युन हुने भन्ने नकारात्मक प्रतिक्रिया सबैबाट आएकोले सुझावका आधारमा सो निर्णय गरिएको हो ।

आगामी कार्यक्रमा आसन ग्रहण गराई समय बचाई विद्धान र सिसर्चर बर्गको डकुमेण्ट हरेक मात्र कार्यक्रममा पेश गर्ने व्यवस्था मिलाइनु पर्छ ।

अधिवेशनद्धारा पारित प्रतिवेदन पालन गर्न सबै पक्षलाई आग्रह गर्दछु ।