१५ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंमा सहुलियत मूल्य पसल संचालन

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १२:४४

सरकारले दसै, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्यमुख्य सहरमा पनि संचालन हुनेछन । ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिनु भयो ।