१३ बैशाख २०८१, बिहीबार
Follow Us

रवि लामिछानेलाई फेरी थुनामा राख्न माग गर्दै सरकारी वकिलले दिए उच्च अदालतमा निवेदन !

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १६:३३

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकारणमा टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको हेटौँडा इजला निवेदन दर्ता गरिएको छ ।

सोमबार सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको हो । जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता भएको हेटौँडा इजलासका प्रवक्ता अमृत घिमिरले बताए ।

उनका अनुसार सो निवेदनको प्रारम्भिक सुनावाई मंगलबार तोकिएको छ । यसअघि सरकारी वकिल कार्यालयले अभियुक्त तीनै जनालाई ५ वर्ष कैद र ५० हजार जरिवान माग दावी गर्दै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।