८ बैशाख २०८१, शनिबार
Follow Us

बालुवा तस्करद्धारा सांसद डा. सूर्य पाठक माथि धम्की

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार १९:४५

लण्डन । बाग्लुङ १ नम्वर क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद डा. सूर्य प्रसाद पाठकलाई बालुवा तस्करहरुले धम्की दिएका छन् ।
कालीगण्डकीमा भएको बालुवा तस्करी बारे डा. पाठकले संसदका आवाज निकाले पछि बाग्लुङका बालुवा तस्कारहरु पाठक बिरुद्ध खनिएका हुन् ।

पाठकले सोमवार अबेर साँझ आफ्नो फेसबुक टाइमलाइन मार्फत आफु माफियाहरुसंग लड्दा कहिले ठेक्दार र कहिले बालुवा तस्कारले धम्कि दिएको वताएका छन् । पाठकले माफियाहरुले प्रहरी प्रशासन समते हातमा लिएको उल्लेख गरेका छन् ।

पाठकले आफ्नो सुरक्षाको बारेमा समेत खुलेर लेखेका छन् । उनले ‘म कहिलै प्रहरीसंग सुरक्षा माग्दिन, प्रहरी अघिपछि लागेर हिड्दिन्’ । पाठकले आफु मदन भण्डारीमो चेला भएको भन्दै मर्न परे हाँसेर मर्ने वताएका छन् ।

निकै हक्की स्वभावका सांसद पाठक बिरुद्ध बाग्लुङस्थित केही ठेक्दारहरुको कारण उनको ज्यान समेत खतरामा रहेको वताएको छ । उनले यसअघि सडक कालोपत्रे गर्नेक्रममा कमजोर सडक बनाए पछि एक ठेक्दार कम्पनिलाई कारबाही गरेका थिए ।