१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अभियान्ता थर्क सेनले केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार २२:३०

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अभियान्ता र्थक सेनले आसन्न नवौं महाधिवेशनमा उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

उनीसंग एनआरएनए यूकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आइसिसी सदस्यको जिम्मेवारी समालेको अनुभव छ ।

हाल एनआरएनए रोड सेप्टी कमिटि संयोजक रहेका सेन विगत लामो समयदेखि एनआरएनए अभियानमा सकृय छन् ।

पूर्व ब्रिटीस आर्मी सेन लामो समयदेखि बेलायतमा रोड सेप्टीको क्षेत्रमा कार्यरत छन् । सेनले नेपालमा बढ्दो दुर्घटना रोक्न सरकारका हरेक निकायलाई विदेशी प्रविधि र अनुभव शेयर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सेनले विदेशी ज्ञान, सिप र प्रविधि भित्र्याउने कार्यमा महत्वपूर्ण भुमिका खेलेका छन् ।

एनआरएनएको तर्फबाट रोड सेफ्टीका संयोजक सेनसँग ‘सडक सुरक्षा र ट्राफिक जाम नियन्त्रण’ विषयमा काम गरेको लामो अनुभव छ ।

थर्क सेनले दुई वर्षदेखि नेपालका गृहमन्त्री, यातायात मन्त्री, परराष्ट्र मन्त्री हुँदै प्रहरी प्रमुख, ट्राफिक हेडक्वाटर लगायतका सरकारी निकायसँग सडक सुरक्षाको लागि विदेशी प्रस्ताव प्रस्तुत गरेका छन् । ।

साथीहरुको सल्लाहा र सुझावको आधारमा आफुले उम्मेदवारी दिने निचोडमा पुगेको सेनले बताए । लामो समय देखी यो अभियानमा छु सबै महत्वपूर्ण जिम्मेवारी लिएर अघि बढ्नु पर्छ भन्नु भयो त्यसैले उम्मेदवारी दिने घोषणा गरे सेनले भने ।

एनआरएन रोड सेफ्टीले याातायात मन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्री, स्वास्थ्य मन्त्री, प्रहरी हेडक्वाटर, यातायात ब्यवस्था विभाग, सडक बिभाग, सिंहदरबार सचिवालय, स्थानीय तह अन्तर्गत काठमाडौं, पोखरा, भरतपुर, बुटवल महानगरलगायतका प्रमुखसँग अन्तरक्रिया गरेका थिए ।
सेन वेलायतमा मिलनसार तथा शालिन व्यक्तित्व रुपमा चिनिन्छन् ।