१२ बैशाख २०८१, बुधबार
Follow Us

ब्रिटिश एयरवेजका पाइलट हड्तालमा, सबै उडान रद्ध

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७६, सोमबार २२:५६

लण्डन । बेलायतमा ब्रिटिश एयरवेजले पाइलटहरुको हड्तालका कारण लगभग सबै उडान रद्ध गरेको छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार तलब विवादका कारण पाइलटहरु हड्तालमा छन् । ब्रिटिश एयरलाइन्सको १ सय वर्षको इतिहासमा यसलाई सबैभन्दा ठूलो हड्ताल मानिएको छ ।

कम्पनीका प्रवक्ताले एयरलाइन्सले हरेक दिन उडान भर्ने आफ्ना ८५० वटा उडान रद्ध गरेको हो । टेलिग्राफको समाचार अनुसार पाइलटको हड्तालबाट २ लाख ८० हजार मानिस प्रभावित बनेका छन् । यसबाट ८० मिलियन पाण्ड नोक्सान हुने बताइन्छ ।

न्युयोर्क, हङकङ, दिल्ली, जोहानेसबर्ग लगायत सहरमा जाने उडान रद्ध गरिएको छ । तलब र भत्ता कटौती भएको भन्दै असन्तुष्ट पाइलटहरु हड्तालमा उत्रिएका हुन् ।

अगस्ट २३ मा उनीहरुले दुईदिने हड्तालको घोषणा आह्वान गरेका हुन् ।