१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजधानीमा डेंगुको आतंक, बिरामी ६ वर्षकै उच्च

sarusaru
२४ भाद्र २०७६, मंगलवार ०२:२२

काठमाडौं । राजधानीमा डेंगुले महामारीको रुप लिने खतरा बढेको छ । जेठमा धरानबाट सुरु भएको डेंगुको संक्रमण मध्य भदौबाट काठमाडौंमा देखिन थालेको थियो । अहिले त डेंगुको आशंकामा अस्पताल पुगेकामध्ये झण्डै आधामा संक्रमण भेटिएको तथ्यांक छ ।

आइतबार एकैदिन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पता, टेकुमा ३६३ जनाको डेंगु परीक्षण गरिएको थियो, जसमध्ये १९४ जनामा संक्रमण भेटिएको सूचना अधिकृत रुपनारायण खतिवडाले जानकारी दिए ।
त्यस्तै, शनिबार २९६ जनाको परीक्षण गराएकोमा १४४ जनामा डेंगु संक्रमण फेला परेको थियो ।

दैनिक ४ सयजनाभन्दा बढी बिरामी परीक्षण गराउन आउने गरेको र भदौ १५ यता आधा बिरामीमा डेंगुको संक्रमण फेला परेको उपचारमा संलग्न शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनले बताए ।

अनलाइन खबर