१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा लगानी गर्ने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार ०२:४२

काठमाडौँ। विश्व अर्थतन्त्रमै बलियो उपस्थिति जनाउँदै आएको चीनका लागि पछिल्लो समय नेपाल पनि लगानीको गतिलो गन्तव्य बन्दैआएको छ ।
उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा रहँदैआएको छ । आर्थिक वर्ष २०४१÷४२ देखिको विवरणमा हालसम्म नेपालमा लगानी भित्र्याउन सक्रिय मुलुकको सूचीमा चीन नै अग्रस्थानमा देखिन्छ । गत असार मसान्तसम्ममा एक हजार ४९० उद्योगमा चिनियाँ लगानी आकर्षित भएको देखिन्छ । यसबाहेक चीन प्रशासित हङकङबाट ४३ र ताइवान बाट २३ उद्योगका निमित्त लगानी प्रतिबद्धता आएको देखिन्छ ।
नेपालमा चिनियाँ लगानीको पक्ष बलियो र आशालाग्दो बन्दैगरेको लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको बुझाइ छ । नेपालमा चिनियाँ लगानीकर्ताको चासो उच्च छ, उनले भने, प्रतिबद्धता रकम र भित्रिएको रकम र हामीकहाँ हुनेगरेका विभिन्न औपचारिक अनौपचारिक संवादमा चिनियाँ लगानीकर्ताको उपस्थिति बलियो छ । गोरखापत्रमा खबर छ ।