८ बैशाख २०८१, शनिबार
Follow Us

कालो धन वैध बनाउन घरजग्गामा लगानी

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार ०३:३१

काठमाडौं । अवैध रूपमा सम्पति कमाएकाले आफ्नो सम्पतिलाई वैध बनाउन घरजग्गामा ठूलो लगानी गर्ने गरेकाले नेपालमा घरजग्गाको मूल्य तीव्र रूपमा बढिरहेको पाइएको छ ।

कालो धन आर्जन गर्नेहरूले सम्पति शुद्धीकरण गराउनकै लागि घरजग्गामा लगानी गर्ने क्रम बढाइरहेको सम्पति शुद्धीकरण अनुुसन्धान विभागका अधिकारीले बताएका छन् । विभागका अधिकारीका अनुसार उपत्यकालगायत देशका विभिन्न भागमा कैयौँ क्षेत्रफल जग्गा कालो धन आर्जन गरी सम्पति शुद्धीकरण गराउनेहरूकै कब्जामा गएको छ । जसका कारण घरजग्गाको मूल्य अस्वभाविक रूपमा बढ्न पुगेको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विनोद लामिछानेले अन्य देशको तुलनामा नेपालमा जग्गाको मूल्य अस्वाभाविक रूपमा बढ्नुमा सम्पति शुद्धीकरण गराउनेहरूले घर जग्गामा अत्यधिक लगानी गर्नु नै मुख्य कारण रहेको बताए । राजधानी दैनिकमा खबर छ।