१२ बैशाख २०८१, बुधबार
Follow Us

१ हजार ३५७ विदेशी अपराधी फरार

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार ०३:३८

काठमाडौं– नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको खबर राजधानी दैनिकले छापेको छ ।
यसरी फरार हुने सूचीमा भारत र चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ ।
अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिवाना पनि असुल उपर हुन सकेको छैन ।