१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाल हिन्दू राष्ट्र हुनु पर्छ — शिव सेना प्रमुख ठाक्रे

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार ११:३२

लन्डन । शिव सेनाका महाराष्ट्र प्रमुख उद्धव ठाक्रेले नेपाललाई विश्वसमूदायले हिन्दू राष्ट्रको रुपमा हेर्न चाहेको विचार व्यक्त गरेका छन् । वेलायत भ्रमण रहेका ठाक्रेले सोमवार नेपाली जनसम्पर्क समिति वेलायतका कार्यवाहक सभापति युवराज गुरुङसँगको भेटमा उक्त विचार व्यक्त गरेका हुन् । उनले नयाँ संविधानमा नेपाललाई धर्मनिरक्षेप राखिनु जनभावना विपरीत भएको भन्दै हिन्दू राष्ट्र हुनु पर्नेमा जोड दिए । शिव सेना यूरोप संयोजक सुवाश पाेखरेलका अनुसार भेटकाक्रममा उनले नेपालको पछिल्लो राजनैतिक गतिविधी र भूकम्प पछिको पुनर्रनिमार्णका सम्वन्धमा चासो ब्यक्त गरेका थिए । नेपाली युवाहरु दिनदिनै विदेशीनेक्रम रोक्न नेपालमै उद्योग धन्दा संचालन हुनु पर्नेमा उनको जोड दिए ।