१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार ०८:०५

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा अध्यक्ष प्रचण्डबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।
भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी जीङपीङको नेपाल भ्रमणबारे छलफल भएको बताइएको छ ।
भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्डले वाङसँग दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृद्ध बनाउने विषयमा छलफल केन्द्रीत रहेको जानकारी दिए ।
यस्तै नेपालको आर्थिक विकासको प्रयासमा चीनबाट हुने सहयोग र अपेक्षाका सँगसँगै दुई सहरकारबमबीचमा सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको प्रचण्डले बताए ।
यस्तै चिनियाँ राष्ट्रपतिको पिङको आसन्न नेपाल भ्रमणबारे पनि विचारविमर्श भएको भन्दै प्रचण्डले भेट एकदमै सकारात्मक र उत्साहप्रद रहेको प्रतिक्रिया दिए ।
भेटका क्रममा भएको छलफलबाट दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने प्रचण्डले विस्वास व्यक्त गरे । ‘हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक भई नेपालको आथिर्क विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं’ प्रचचण्डले भने, ‘भेटका क्रममा विदेशमन्त्रीज्यू हामीले उठाएको विषयमा सकारात्मक बन्नु भएको छ ।’