८ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार ओम हमाल रिहा

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार १३:१७

काठमाडौं– पत्रकार ओम हमाल रिहा भएका छन् । विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट जनपत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य रहेका उनलाई सर्वोच्च अदालतको आदेशमा मंगलबार रिहा गरिएको हो ।

जनपत्रकार संगठनका महासचिव हिम विष्टले हमाललाई सर्वोच्चका न्यायाधीशद्वय डम्बर श्रेष्ठ र इश्वरी प्रकास खतिवडाको इजलाशले रिहा गर्ने आदेश दिएको जानकारी दिए ।
जनपत्रकार संगठनकी सदस्य समेत रहेकी हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको हो ।
जनसञ्चार डटकमका सम्पादक समेत रहेका हमाल भदौ ६ गते पोखराबाट पक्राउ परेका थिए । उनका रिहाइका लागि पत्रकार संघ संगठनले माग गर्दै आएका थिए।