१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपा नेता रुपेश सर्वोच्च गेटबाट फेरि पक्राउ

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार १६:१९

पोखरा-पत्रकार ओम हमालसँगै आज सर्वोच्च अदातलबाट रिहा भएका प्रतिबन्धित नेकपा कास्की स्याङ्जाका ईन्चार्ज कृष्ण वाग्ले फेरि पक्राउ परेका छन् ।

सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडा र बमप्रसाद श्रेष्ठको संयुक्त ईजलासले वाग्लेलाई रिहा गर्न आदेश दिएको थियो।

गिरफ्तार पछि वाग्लेलाई कहाँ लगिएको छ भन्ने केही थाहा हुन सकेको छैन । वाग्लेको मुद्दा कास्की र स्याङ्जामा चलिरहेकाले उनलाई पोखरा नै ल्याउने अनुमान गरिएको छ ।

वाग्लेलाई पोखराको शिशुवाबाट भदौ ६ गते पक्राउ गरिएको थियो ।

मंगलवारको बहसमा वाग्लेको तर्फबाट छ जना अधिवक्ताले वहस गरेका थिए ।