८ बैशाख २०८१, शनिबार
Follow Us

निर्वाचन सुपरिवेक्षण गर्न एनआरएनएले तोक्यो सिमखडालाई वेलायत प्रतिनिधी

नेपालब्रिटेन डट कम्
२४ भाद्र २०७६, मंगलवार २१:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १४ सेप्टेम्वरमा हुने निर्वाचनको लागि वेलायतको लागि प्रतिनिधी खटाएको छ । गैरआवासीय नेपाली संघ युरोप संयोजक शिव वरुवालका अनुसार आइसीसी सदस्य रामशरण सिमखडालाई केन्द्रले वेलायतको निर्वाचन सुपरिवेक्षण गर्न खटाएको हो ।

संघको राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावली २०१९ को धारा ३.४ अनुसार उनलाई निर्वाचन सुपरिवेक्षण गर्न अन्तर्राष्ट्रिय प्रतिनिधि तोकिएको हो ।

संघले सुपरिवेक्षण गरि निर्वाचन सम्पन्न भए पछि राष्ट्रिय महाधिवेशन संचालन सम्बन्धि नियमावलीको अनुसूचीमा दिइएको फारमहरु बुझाउन समेत सिमखडालाई अनुरोध गरेको छ ।

संघको निर्वाचन सम्वन्धी नियमावलीमा केन्द्रिय प्रतिनिधीहरुको रोहवरमा राष्ट्रिय निर्वाचन गर्नु पर्ने अनिवार्य प्रावधान रहेको छ ।

केन्द्रिय प्रतिनिधीलाई मतदान प्रकृयामा भएको अनियमितता, निर्वाचन पूर्व प्रयोग गरिएका प्रचारप्रसार, निर्वाचन सामाग्री, मतदान स्थल, मतगणना अबधिभर अपनाइएका बिधी र निर्वाचन परिणामको घोषणा प्रकृयाको लगायतका विषयमा सुपरिवेक्षण गरि केन्द्रमा बुझाउन भनिएको छ ।

केन्द्रिय प्रतिनिधीको रिपोटका आधारमा गैरआवासीय नेपाली संघले राष्ट्रिय समितिलाई औपाचारिक रुपमा मान्यता दिने प्रावधान छ ।