७ बैशाख २०८१, शुक्रबार
Follow Us

कुमार पन्तले एनआरएनएलाई १ करोड उपलब्ध गराए, भट्टद्धारा धन्यवाद ज्ञापन

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७६, बुधबार १२:४४

लण्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षका उम्मेदवार कुमार पन्तले संघलाई १ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

पन्तले संस्थाका नियमीत कार्य सञ्चालन गर्न तथा आगामी विश्व सम्मेलनको तयारीको लागि १ करोड सहयोग उपलब्ध गराएको बताए ।

सहयोगको लागि अन्य व्यक्तिहरुलाई पनि सहयोगको लागि अपील गरिएकाले थप सहयोग आउने अपेक्षा गैरआवासीय नेपाली संघले गरेको छ ।

संघको कार्यालय सञ्चालनदेखि नियमीत कार्य सञ्चालन गर्न समस्या भएपछि संस्थाले एनआरएनए अग्रजहरुसँग आर्थिक सहयोगको लागि आह्रवान गरेको थियो ।

पन्तले संघमा परेको अवस्थामा पटक पटक अप्ठ्यारो फुकाउदै आएका छन् । भट्टले सचिवालयलाई आर्थिक सहयोग उपलव्ध गराए पछि संघका अध्यक्ष भवन भट्टले सामाजिक संजाल फेसबुक टाइमलाई मार्फत धन्यवाद भनेका छन् ।