१५ चैत्र २०८०, बिहीबार
Follow Us

फुट्यो भद्रगोल, जिग्री र पाँडेको नयाँ टेलिफिल्म ‘सक्किगोनि’ १

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७६, बुधबार १३:०२

काठमाडौं – चर्चित हास्यश्रृखला ‘भद्रगोल’ अन्ततः फुटेको छ । कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’मार्फत अभिनयमा आएका छन् ।

सो टिमले निर्माण गरेको नयाँ श्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने भएको हो । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएको हो । अब आफूहरु सक्किगोनिमार्फत सिरियलमा आउने टीमका कलाकार मधुसुदन पाठकले जानकारी दिए ।

जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ ।
‘भद्रगोल’को ट्रेडमार्क मिडिया हबसँग भएकाले उनीहरु फरक नाम सहित आएका हुन् ।