१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२५ भाद्र २०७६, बुधबार १४:४४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी विश्वसम्मेलनमा सोम सापकोटाले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी अहिले सहकोषाध्यक्ष छन् ।

आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
उनले संघद्धारा घोषणा गरिएका धेरै परियोजनमा आर्थिक अभाव रहेको वताउँदै अगामी दिनमा संघलाई आर्थिक रुपमा सम्पन्न बनाउन आफुुले भूमिका खेल्ने वताए ।

सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा सन् २००६ मा गैरआवासीय नेपाली संघ पोर्तुगलको कार्यसमिती सदस्य, डेनमार्कका संस्थापक अध्यक्ष, केन्द्रीय सदस्य साथै, यूरोप सहसंयोजक , केन्द्रीय सदस्यमा रहेर आफ्नो जिम्मेवारी पुरा गरेका छन् ।

गैर आबासिय नेपाली संघ सहकोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकि रहेका अधुरा योजना सम्पन्न गर्न पुनः उम्मेदवारी दिन लागेको वताएको छ ।