८ बैशाख २०८१, शनिबार
Follow Us

काठमाडौंका ८० प्रतिशत घर मापदण्ड विपरित, कारबाहीको तयारी

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार १४:२४

काठमाडौं । के तपाँइले मापदण्ड विपरित घर निर्माण गर्नु भएको छ ? यदी त्यसो हो भने बेलैमा सचेत हुनुस । काठमाडौं महानगरपालिकाभित्र नक्साविपरित बनाइएको घरहरुको अनुगमन सुरु भएको छ । महानगरपालीकाले नक्सा मिचेर बनेका घर तथा भवनहरुको अध्ययन सूरु गरेको हो । मापदण्ड विपरित घर बनाउने घरधनीलाई कारवाहीको दायरामा ल्याउने तयारी समेत महानगरले गरेको छ । झण्डै असी प्रतिशत घर र भवन मापदण्ड विपरित रहेको अनुमान गरिएको छ ।
मापदण्ड विपरित बनेका घरलाई कस्तो कारबाही गर्ने भन्ने सम्बन्धमा स्पष्ट नीति छैन । यद्यपि मापदण्ड विपरित बनेका घरलाई पुनः मापदण्डभित्र बनाउने समयसीमासहित अवसर घरधनीलाई दिने तयारी महानगरले गरेको बुझिएको छ । यदि समयसीमाभित्र आफ्नो घर मापदण्डभित्र नबनाए कारबाही अघि बढाउने तयारी महानगरले गरेको छ ।