१२ बैशाख २०८१, बुधबार
Follow Us

अमेरिकामा विद्युतीय चुरोट उत्पादनमा प्रतिबन्ध

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७६, शुक्रबार ०२:०५

अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्तो बस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
खासगरी किशोरबीच निकै लोकप्रिय भइरहेको यो चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनले देखाएको छ ।
यो चुरोटको कुलतमा फसेका किशोर किशोरी युवाअवस्थामा पुगेपछि सूर्तीजन्य ई–चुरोट सेवनतर्फ उत्प्रेरित हुन सक्ने देखिएको छ ।
ह्वाइट हाउसमा संवादताताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानिया ट्रम्प ई–चुरोटको लतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरको बाबुआमाको कथा सुनेर भावुक भएको बताएका थिए । राजधानीमा यो खबर छ ।