१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाली युवती बिहेबारे बोल्यो चीन

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७६, शुक्रबार ०२:४५


चिनियाँ र नेपालीबीच हुने अन्तरदेशीय अवैध बिबाहका बुँदासमेत समेटेर चीनले आफ्ना पर्यटक लक्षित १२ बुँदे ट्राभल एडभाइजरी जारी गरेको छ ।

विगतमा सडक यातायात तथा अन्य सुरक्षामा सचेत गराउँदै आएको चीनले यसपटक नेपाल लक्षित एडभाइजरीमार्फत बिबाहबारे सचेत गराएको हो ।

पछिल्लो समय बिबाहका नाममा चीनतर्फ युवती तस्करी भएका समाचार सार्वजनिक भएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासले सामाजिक सञ्जाल वी च्याटमार्फत नेपाल घुम्न चाहने आफ्ना नागरिकका लागि चिनियाँ लिपीमा बुधबार यस्तो सूचना जारी गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छ्न ।
नेपाल गएर बिहे गर्नुअघि नेपालको बिबाह दर्ताको प्रणालीबारे पूर्वजानकारी राख्न, रोकथामको उपाय अपनाउन र नेपाल पुगेर हुने बिबाहबारे सावधानी अपनाउन एडभाइजरीमा सचेत गराइएको छ । चीनले राम्ररी कुरा नबुझी वैवाहिक सम्बन्धको पक्रियामा नजान पनि भनेको कान्तिपुर दैनिकमा खबर छ ।