१२ बैशाख २०८१, बुधबार
Follow Us

त्रिपक्षीय वार्ता भ्रम मात्र हो— गेसो, अध्यक्ष राई

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार १५:०५

लन्डन । गोर्खा भूपू सैनिक संघ (गेसो) का अध्यक्ष कृष्ण कुमार राईले तत्तकाल त्रिपक्षीय वार्तामा वस्ने सम्भवना नरहेको वताएका छन् । अध्यक्ष राईले नेपाली टिभीको ‘रियाक्सन (With Chiran Sharma)’ कार्यक्रममा बोल्दैं भूपूगोर्खाहरुको विषयमा अहिले त्रिपक्षीय वार्ता गर्ने भनेर समाजमा भ्रम फैलाएको आरोप लगाएका छन् । उनले त्रिपक्षीय वार्ताका लागि नेपाल सरकारको तर्फवाट वेलायतका लागि नेपाली राजदूत दूर्गा वहादुर क्षेत्रीलाई कुनै पनि पत्र नआएको समेत दावी गरेका छन् । उनले गेसोले कुनै राजनीतिक गतिविधी नगरेकाे दावी गर्दै गोर्खा आन्दोलनका लागि लाखौं रुपैयाँ संकलन गरेको स्वीकार गरेका छन् ।