१५ चैत्र २०८०, बिहीबार
Follow Us

धौलागिरीका एनआरएन प्रतिनिधीलाई काठमाण्डौंमा स्वागत गरिने

नेपालब्रिटेन डट कम्
२७ भाद्र २०७६, शुक्रबार १३:०४

लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई काठमाणडौंमा विशेष स्वागत कार्यक्रमको आयोजना गरिने भएको छ ।
अक्टोवर १५ देखी १७ सम्म हुने विश्वसम्मेलनमा आउन लागेका प्रतिनिधीहरु बीच अन्तरकृयात गर्न तथा धौलागिरी क्षेत्रमा रहेका पर्यटन क्षेत्र र लगानीको विषयमा जानकारी समेत दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिन लागिएको कार्यक्रम संयोजक तथा धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कंडेलले जानकारी दिए ।

सो कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी रहने आयोजकले जनाएको छ । कार्यक्रममा बाग्लुगं, म्याग्दी, पर्वत, म्याग्दी, मुस्तागं जिल्लाबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधीहरुको समेत सहभागिता रहने बताएको छ।
कार्यक्रमले गैरआवासीय नेपालीहरु र धौलागिरीबासीबीचको समधुर सम्बन्ध विस्तारका लागि समेत यो कार्यक्रम कोसेढुंगा सावित हुने आयोजकको अपेक्षा रहेको छ । कार्यक्रममा अक्टोवर १२ तारिख विहान ११ बजे देखी १ बजे सम्म काठमाण्डौंमा आयोजना हुन लागेको हो ।
————————————————-

धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धन एवं अन्य क्षेत्रमा लगानीको संभावना लगायतका बिषयहरुमा काठमांडौमा कार्यक्रम हुँदै
***********************************************************************
गैरआवासीय नेपाली संघ एनआरएनको नवौँ विश्व सम्मेलनको पूर्व सन्ध्यामा नेपालको तत्कालिन धौलागिरी अञ्चलबाट विश्वका विभिन्न देशमा पुगी बसोबास गरिरहनुभएका एनआरएनए प्रतिनिधीलाई विशेष स्वागत कार्यक्रमको आयोजना गर्न गइरहेका छौँ ।

धौलागिरी क्षेत्रमा रहेका पर्यटन क्षेत्र र लगानीको विषयमा जानकारी समेत दिने उद्देश्यले आयोजना हुने सो कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पदाधिकारी तथा धौलागिरी क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधीहरुको समेत सहभागिता रहनेछ ।

साथै गैरआवासीय नेपालीहरु र धौलागिरीबासीबीचको समधुर सम्बन्ध विस्तारका लागि समेत यो कार्यक्रम कोसेढुंगा सावित हुने अपेक्षा गरेका छौँ । तसर्थ कार्यक्रममा अतिथिको रुपमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौँ ।

मिति: १२ अक्टोबर २०१९
समय : विहान ११ बजे
स्थान: Kathmandu (Location will be confirmed soon)

Contact : 00447886925806 (Viber), Whatsapp: 009779851070202 (Khimananda Kandel),
Bhawani Pant (00819084914511),
Ramesh Bhatta (0097477990233)

कार्यक्रम संयोजक:
खिमानन्द कंडेल (नेपाल)
चिरन शर्मा (बेलायत)

संयोजनः धौलागिरी पर्यटन प्रवद्र्धन समिति, (धौलागिरी समाज नेपाल) काठमाडौं,