१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युकेको निर्वाचन आज , आइतवार दिउँसो सम्म नतिजा आउने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७६, शनिबार ०६:४२



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके को निर्वाचन आज (शनिवार) हुदैंछ ।

निर्वाचन समितिका प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ हजार ६ सय भन्दा बढी मतदाता रहेको एनआरएन युके नेतृत्व चयनका लागि १३ वटा मतदान केन्द्रमा मतदान हुँदैछ । निर्वाचनको लागि करिब १ सय भन्दा बढी निर्वाचन अधिकृत, पर्यवेक्षक तथा स्वयसेवक खटाइएको छ । श्रेष्ठका अनुसार आइतवार दिउँसो सम्म नजिता आउने अपेक्षा गरिएको छ ।

अध्यक्ष पदको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय पुनम गुरुङ र शेर सुनार चुनावी प्रतिस्पर्धामा छन् । गुरुङ र सुनारले आ–आफ्नो छुट्टै प्यानल सहित मैदानमा उत्रिएका छन् ।

१ सय १७ जना उम्मेदवार मैदानमा रहेको निर्वाचनमा महासचिवमा पत्रकार फडिन्द्र भट्टराई र कर्मा पहाडी बीच प्रतिस्पर्धा हुदैंछ ।

अध्यक्षका प्रत्यासीद्धयको निर्वाचन क्याम्पेनमा लागेकाहरु आ–आफ्नो पक्षले चुनाव जित्नेमा ढुक्क छन् । लामो समयदेखि समाजमा काम गरेको आधारमा सुनारलाई वेलायतस्थित नेपाली समाजले राम्रोसँग बुझेको आधारमा उनले चुनाव जित्नेमा ढुक्छन् सुनार पक्ष । सुनारलाई पपुलरभोट धेरै जाने सम्भवना धेरै छ तर पपुलरभोट भने निर्णयक छैन ।

गुरुङ पक्ष पनि सम्पूर्ण आँकडा सहित आफ्नो पक्षले चुनाव जित्नेमा उस्तै ढुक्क छ ।

८० देशमा रहेका गैरआवासीय नेपाली संघका शाखामध्ये युके सबैभन्दा ठूलो शाखाको हो ।

गैरआवासीय नेपाली संघको १५ देखी १७ सम्म हुने विश्व सम्मेलनको तयारी स्वरुप अहिले विश्वभरका शाखामा निर्वाचन भैरहेको छ । गैरआवासीय नेपाली संघका अनुसार ४० देश भन्दा बढी देशमा निर्वाचन सम्पन्न भैसकेको छ ।