८ बैशाख २०८१, शनिबार
Follow Us

किन लगाए मोदीले पाँच सय र हजारका भारु नोटमा प्रतिबन्ध ?

नेपालब्रिटेन डट कम्
२३ कार्तिक २०७३, मंगलवार १७:४२

अंगराज तिमिल्सीना । भारतमा ५०० र १००० का नोट बन्द गर्ने कुरा केही समय देखी चल्दै आएको थियो र मोदीले राष्ट्रीय टेलिभिजन मार्फत धोषणा गरी छोडे । भारतमा ८० प्रतिसत जती मुद्राचलन ५०० र १००० का नोटले हुने गर्थ्यो ।
अर्थतन्त्रमा मुद्राचलन (नोटको सर्कुलेसन) गत दुई बर्षमा झण्डै ३० प्रतिसतले बढ्नुले अर्थतन्त्रमा कालो बजारी र भ्रस्टाचार बढेको भन्ने मोदी सरकार निष्कर्षमा पुगेको देखिन्छ । किनकी बैंकमा ५०,००० भन्दा बढी जम्मा गर्नु परे परिचय पत्र चाहिने जसले आम्दानीको स्रोत खुलाउने डर र बित्तिय बजारमा लगानी गर्न स्रोत खुल्नु पर्ने भएकाले धेरै भ्रष्टाचारी र काला बजारीयाले या त घर जग्गा र सुन किन्ने गरेका या त नोट नै कतै लुकाइराखेका हुन सक्ने भएकाले ठूला नोट बन्द गर्ने बित्तिकै कालो बजारी र भ्रस्टाचारमा धेरै नियन्त्रण आउने मोदीको आँकलन छ।

यस अघी कर छल्न सहकारी बैंकलाई काला बजारीया र भ्रष्टाचारीले प्रयोग गर्थे भने अहिले सहकारी बैंकमा रहेको पैसाको समेत स्रोत खुलाउनु पर्ने र कर तिर्नु पर्ने भए पछी सिधा नोट बाटै गैर कानूनी धन्दा र भ्रष्टाचार बढेको ठहर छ ।

अर्कोतिर मोदीले यी नोटहरुका कारण बजारमा मुद्राचलन बढेकाले बजार भाउ बढेको पनि भने ।
काला बजारीया र भ्रष्टाचारीले देश भित्र लुकाएर राखेको सम्पती बाहिर निकाल्ने यो पनि एउटा तरीका हो किनकी अक्सर यस्ताले ठूला नोट (१००० र ५००) कै प्रयोग गरी पैसा लुकाउछ्न ।
मोदीको यो घोषणाले कालो धन जम्मा गरेकाहरु या त उनीहरुले सम्पती गुमाउने छन (बैंकमा नोट बुझाउन न आए) वा करको दायरा र अनुसन्धानको दाएरामा आउन बाध्य हुने छ्न किनकी यी नोटहरु ५० दिन भित्र साँटी सक्नु पर्ने छ ।

साना नोट हरु प्रयोग गरेर करोडौं करोड बोक्न गार्हो हुने हुँदा भ्रस्टाचार कम हुने र देश बाहिरबाट नक्कली नोट आउने वा देश भित्र बाट आफ्नो नोट बाहिर “स्मग्लिङ” हुने काम घट्ने अपेक्षा गरिएको छ ।
स्मरण रहोस युरोपियन केन्द्रीय बैंकले युरो ५०० को नोट छाप्न बन्द गरेको थियो किनकी युरो ५०० को नोट लाई “बिन लादेन नोट” पनि भनिन्थ्यो किनकी बिन लादेनले यही ठूलो राशीको नोट (५०० युरो = नेपाली रु ५९,००० बराबर ) स्मग्लिङ गरेर वा नक्कली छपाएर अल्क्वेदाको आतंकबादका लागी खर्च उठाउने गर्थे ।
सायद अहिले पाकिस्तानसंग भारतको बिग्रदो संबन्ध, आतंकबादबाट खतरा र भारु नोट को नक्कली मुद्राचलनको डरले पनि भारतले ५०० र १००० का ठूला भारु नोट मा बन्देज लगाएको हुनु पर्छ ।
बिगत मा भारत कै दबाबमा नेपालले करीब १० बर्ष जती यी नोटमा प्रतिबन्ध लगाएको थियो ।
दुई देश बिचको गैर कानूनी धन्दा र नेपाल तिर भारत पस्ने नक्कली नोट कम गर्न यसो गरिएको भनिन्थ्यो ।

भारतको यो कदमले दुई देश बिचको गैर कानूनी धन्दामा कमी आउला तर नेपाले अरु देशबाट ल्याएका सामान वा भारतबाटै ल्याएका सामान सन्धी अनुसार भारतमा निर्यात गर्न पाइदैन तर यथार्तमा भारतसंग नेपालको यस्तो ब्यापार आधिकारीक ब्यापार भन्दा ठूलो छ र यो ब्यापारलाई मोदीको यो कदमले प्रत्यक्ष असर पार्ने छ ।
(अंगराज तिमिल्सीनाको फेसबुकबाट साभार)