१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए युकेको निर्वाचनः नर्दनआयरल्याण्डमा मतदान सकियो, स्कटल्याण्डमा राती १ बजे सम्म चल्ने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७६, शनिबार १६:१५



लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको नयां कार्य समिति चुन्न शनिवार सम्पन्न हुदैंछ ।

प्रमुख निर्वाचन आयुक्त तथा प्रवक्ता शिवजी श्रेष्ठका अनुसार १३ ओटै मतदान केन्द्रहरुमा शान्तिपूर्ण र उत्साहका साथ मतदान भै रहेको छ । श्रेष्ठका अनुसार नर्दनआयरल्याण्डमा दिउँसो ४ बजेनै मतदान सकिएको भने स्कटल्याण्डमा ढिला शुरु भएको कारणले राती १ बजे सम्म मतदान हुने भएको छ ।

उनले सबै मतपेटिकाहरु प्राप्त भै सके पछि अल्डरशटस्थित एम्पायर हलमा आइतवार विहान देखि नै मतगणना शुरु हुने भएको छ ।

मतदानका लागि बिहान ८ बजेदेखि बेलुका ८ बजे सम्मको समय तोकिएको छ । झन्डै साढे १३ हजार मतदाता सहित एनआरएन युके संसारकै सबैभन्दा ठूलो राष्ट्रिय समन्वय परिषद् बन्न पुगेको छ । उपाध्यक्षद्धय शेर बहादुर सुनार र पुनम गुरुङ चुनावी मैदानमा छन् ।