८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक जोशी लण्डनमा

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०७६, शनिबार १६:२०

 

लण्डन । एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशी लण्डन आइपुगेका छन् ।

शनिबार हिथ्रो विमान स्थलमा ओर्लिएका जोशीलाई गैर आवासीय नेपाली संघ (एनआरएन) का केन्द्रिय उपाध्यक्ष कुल आचार्य, आइसीसी सदस्य थर्क सेन लगायतले स्वागत गरेका थिए ।

आउंदो अक्टोबर महिनामा काठमाडौँमा हुने संघको नवौं विश्व सम्मेलनमा जोशीले सचिवमा उम्मेदवारी दिने भएका छन् ।

जोशी गैरआवासीय नेपाली संघ युकेको निर्वाचन अवलोकन गर्न बेलायत आएका हुन् ।