१३ बैशाख २०८१, बिहीबार
Follow Us

किन भयो एनआरएनको मतगणना स्थगित (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार ०३:४३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको शनिवार भएको मतगणना स्थगित भएको छ । निर्वाचन समिति बिहान ३ बजे एक पत्रकार सम्मेलन गर्दै बेजिगंस्टक, ह्यारो र रेडिगंको मतदान केन्द्रमा भएको मतदान स्थगित गर्न माग गर्दै निवेदन आएको वाहानामा मतगणना स्थागित गरेको घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शिवजी श्रेष्ठले सबै निर्वाचन क्षेत्रमा मतदान शान्तिपूर्ण सम्पन्न भए पनि तीनवटा मतदान केन्द्रमा उजुरी परेको त्यसमा सहमति भए पछि मात्र मतगणना गरिने बताए ।

श्रेष्ठले पुनः निर्वाचन गराउन सक्ने अवस्था नभएकाले उम्मेदवार बीच सहमति नभए सम्पूर्ण निर्वाचन समितिले राजिनामा गर्ने जानकारी दिए।

पत्रकार सम्मेलन प्रमुख निर्वाचन आयुक्त डमर घलेले सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भए पनि मतगणनाको लागि वातावरण नभएको जनाए ।