१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन युके निर्वाचन अपडेटः निर्वाचन समितिको बैठक जारी

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार १२:०५

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) वेलायतको शनिवार सम्पन्न निर्वाचनको मतगणना आइतवार दिउँसो १२ बजे सम्म शुरु हुन् सकेको छैन् ।
बेजिङस्टोक मतदान केन्द्रमा धांधली भएको भन्दै शेर समूहले सो केन्द्रको निर्वाचन रद्ध गर्न माग गरे पछि मतगणना अन्योल भएको हो ।

निर्वाचन समितिका प्रमुख आयुक्त मेजर रिटायर्ड डमर घले र प्रवक्ता शिवजी श्रेष्ठले बिहान ३ बजे एक पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरुलाई आइतबार बिहान १० बजेसम्मको समयसीमा दिइ एउटा सहमतिमा आउन आव्हान थिए तर अहिले सम्म सहमति बनेको छैन् ।

अहिले निर्वाचन समितिको कार्यालय अल्डरसटस्थित एम्पायरहलमा निर्वाचन समितिको बैठक जारी छ । मतगणना स्थलमा उम्मेदवारहरु उपस्थित हुनेक्रम जारी छ । निर्वाचन कार्यालयको बाहिर दुवै पक्षका मानिसको बाक्लो उपस्थिती छ ।