१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले एनआरएन उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार १२:३१


चुनावी माहोल बनाउन बेलायतमा


सिड्नी – गैरआवासीय नेपाली संघका ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारीले आगामी निर्वाचनमा संघको उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

लामो समयदेखि अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजकका रूपमा सफलतापूर्वक कार्य सम्पादन गरे पछि संघभित्र चर्चामा रहेका छन् ।

विदेशमा रहेका नेपालीहरूको आवाजलाई देशसम्म र नेपालको समृद्धिको अभियानलाई विदेशमा रहेका एनआरएनसम्म लैजाने अभिभारा बाँकी रहेको ठहर गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।

उनले आफ्नो निर्वाचन तयारीको लागि विश्वभ्रमणलाई समेत निरन्तरता दिएका छन् ।
अधिकारीले अहिले चुनावी माहोल बनाउन बेलायत आएका छन् ।

एनआरएनएको अन्तर्राष्ट्रिय अभियानमा अस्ट्रेलियाको उपस्थितिलाई दरिलोसँग प्रस्तुत गर्न पनि आफूले उम्मेदवारी दिने निर्णय गरेको कुरा उनले उल्लेख गरे ।


अधिकारीले दोहोरो नागरिकतामा स्पष्टता, एनआरएन लगानीको सहजता र सुरक्षा, नेतृत्वको प्रभावकारिता र दक्षता, नलेज एण्ड इनोभेसन सहित नेपाल सरकारले भर्खरै घोषणा गरेको ब्रेन गेनका विषयलाई प्रमुअ अजेण्डाको रुपमा अघि सारेका छन् ।

गैरआवासीय नेपाली संघको आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा विश्व सम्मेलन हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढीका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्वको चयन गर्नेछ ।