११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन रोमानियाको अध्यक्षमा आलोक साह सर्वसम्मत

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार १३:२९

 

रोमानिया। गैरआवासीय नेपाली संघ रोमानियाको अध्यक्षमा आलोक साह सर्वसम्मत भएका छन् ।

गैरआवासीय नेपाली संघ रोमानियाको सोमवार राजधानी बुखारेस्टमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो । आगामी २ वर्षको लागि १९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत भएको छ ।

गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रोमानियाको राष्ट्रिय महाधिवेशनको सफलताका लागि गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुल आचार्य, महासचिव बद्री के सी, सहकोषाध्यक्ष सोम सापकोटा, यूरोपका संयोजक शिवकुमार बरुवाल, सहसंयोजकद्वय एकराज गिरी र गोबिन्द प्रसाद गौतमले महाधिबेशनको सफलताको लागि हार्दिक शुभकामना पठाएका थिए ।

राष्ट्रिय महाधिवेशनले आईसीसी सदस्य तथा संरक्षकमा एनआरएनए रोमानियाका संस्थापक अध्यक्ष नवराज पोखरेल निर्बिरोध चयन गरेको छ।


नयाँ कार्य समिति

आईसीसी सदस्य तथा संरक्षक 
नवराज पोखरेल

अध्यक्ष – आलोक साह
वरिष्ठ उपाध्यक्ष-  जेनी गुरुङ
उपाध्यक्ष – ल्हाक्पा तेन्जी लामा शेर्पा
महासचिव – खगेन्द्र अधिकारी
सचिव – खुमलाल भुसाल
कोषाध्यक्ष – गोमा थापा
सह-कोषाध्यक्ष- मेन्दा शेर्पा
युवा प्रतिनिधि- प्रज्वल खड्का
महिला प्रतिनिधि – शोभा मानन्धर

सदस्य – डा. अमित रिजाल
सदस्य – मैयाँ मोनि राई
सदस्य – मुक्तिराज कोइराला
सदस्य – फुर्सांग लामा
सदस्य – कल्पना राई अधिकारी
सदस्य – पवन नेपाली
सदस्य – शुष्मा गुरुङ
सदस्य- रीना बज्राचार्य
सदस्य – पासाङ छोटी शेर्पा