१३ बैशाख २०८१, बिहीबार
Follow Us

 एनआरएन यूकेको मतगणना सुरु

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार १९:३०
 अल्डरसट । अन्तत: एनआरएन यूकेको मतगणना सुरु भएको छ । आवश्यक समझदारी जुट्न नसक्दा शनिबार सम्पन्न निर्वाचनको मतगणना अाइतबार साँझ पौने ७ बजे मात्र सुरु भएको हो । सुरुमा स्कट्ल्यान्डको बाकस खोलिएको छ । प्रमुख निर्वाचन आयुक्त मेजर डमर घले र सह प्रमुख आयुक्त शिवजी श्रेष्ठले बाकस खोलेका हुन ।
 
अब क्रमश वेल्स नर्दन आयरल्यान्ड हुँदै अन्य बुथका बाकस पनि खोलेर गणना अघि बढाइंदै गरेको निर्वाचन समितिले जनाएको छ । मातगणनाका लागि निर्वाचन समितिले अध्यक्षका दुवै उम्मेद्वारसँग ६० जनका दरले गणक मागेको छ । उनीहरुले गणक पठाउन नसके स्वतन्त्र गणकहरु व्यवस्था गरेर पनि मतगणना अघि बढाउने तयारी छ।