११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए युकेको मत गणना स्थगित, पुनः मत गणना अनिश्चित

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार २३:३४


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको शनिवार सम्पन्न निर्वाचनको मतगणना स्थागित भएको छ ।

आइतवार साँझ ७ बजे देखी शुरु भएको मतगणनामा शेर सुनार समुहले बहिस्कार गरे पछि स्थगित गरिएको हो ।
एनआरएनए युके अध्यक्षका प्रत्यासी शेरबहादुर सुनार समूहले बेजिङस्टकमा धांधली भएको बताउंदै र ह्यारो मतदान केन्द्रमा पुनः मतदानको माग गरे पछि अन्योलमा रहेको मतगणनालाई अघि बढाउने निर्णय निर्वाचन समितिले गरेको थियो तर निर्वाचन समिति आफैले गरेको निर्णयमा टिक्न सकेन् ।

निर्वाचन समितिका संयोजक डमर घलेले स्वतन्त्र मत गणक ल्याएर मतगणना गर्ने भन्दै खोलिएका मतपेटीका समेत बन्द गरेका थिए । मतगणना स्थलमा पुगेका गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले समेत दुबै पक्षको सहमतिमा मतगणना गर्न भन्दै मतगणना स्थागित गर्न दवाव दिएका थिए ।

एनआरएन युकेले गठन गरेको १३ सदस्सीय निर्वाचन समितिका केही आयुक्तहरु शुरु देखीनै प्रमुख आयुक्त डमर घले र निर्वाचन प्रकृयालाई असफल पर्ने षड्यन्त्रमा लागेको आंशका गरिएको छ ।
१३ वटा मतदान केन्द्रमा भएको निर्वाचनमा करिब १० हजार मतदाताले मतदान गरेका छन् । ११७ जना उम्मेदवार निर्वाचन मैदानमा छन् । इंल्याण्ड, वेल्स, स्कटल्याण्ड र आयरल्याण्डमा समेत राज्य समितिको नेतृत्वको लागि निर्वाचन सम्पन्न भएको छ ।