१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए महिला संयोजकमा जुनु गुरुङको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
२९ भाद्र २०७६, आईतवार २३:५३



काठमाडौँ । गैर आवासीय नेपाली संघ एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन ।

आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनएनएको नवौं विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन ।

हाल एसिया प्याशिफिक महिला फोरम संयोजक छिन। कोरियामा समाज सेबीको रुपामा आफुलाई चिनाउन सफल उनि सबैका समस्याहरु आफ्नै सम्झेर समधानको बाटो तफैलाग्नाले सबैको पृय भएकी छन ।

समाज सेवामा सकृय रहि काम गरे बापात उन्लाई दक्षिण कोरियान सरकारले मानार्थ सिटिजन सिपको उच्च सम्मानले पुरस्कृत भएकी थिईन यसबाट पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुन, भने महिलाहरूको साँझ संस्थाको को सस्थापक अध्यक्ष मा पनि सफल कार्यकाल निभाई सकेकि छन।

जुनुले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गरीसकेको छन,भने एशिया प्यासिफिक क्षेत्रका कार्यक्रम हङकङ र म्यानमारमा भब्यताकासाथ सम्पन्न गराएकि थिईन ।महिलाहरुका आवाजहरुलाई सशक्त रुपमा उठाउनका लागि,आर्थिक तथा ब्याबसायिक बलियो बनाउनको लागी ,महिलाहरूको स्वास्थ्य शिक्षामा अझै सुधार गर्न, मजदुर मैत्री बनाउन, एशिया प्यासिफिक क्षेत्र र मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक दुःखहरू भएकोले ति समस्या हरूलाई समाधान गर्नलाई बिशेष पहल गर्ने बताईन ।

एनआरएनमा सवै वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिँदै जुनुले विश्वभरिका अग्रज महिला दिदीबहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला फोरममा जाने निर्णय गरेको समेत बताएकी छन । एसियामा धेरै देशमा महिला फोरम गठनमा सफल भएको बताउँदै महिला फोरम अभियानलाई सफल बनाएसँगै अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने उल्लेख गरेकी छन।

एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै महिला दिदीबहिनीहरुको सबैको अवस्था एकै नभएको भन्दै आफू मध्य पूर्वमा रहनु भएका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिएर अगाडि बढ्ने संकल्प गरेकी छन ।