१३ बैशाख २०८१, बिहीबार
Follow Us

सरकारको काम संविधान संशोधन र निर्वाचन : उपप्रधानमन्त्री निधि

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार ०६:१८

मलेखु । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताउनुभएको छ ।
संविधान संशोधनअन्तर्गत नागरिकताको, प्रदेश सीमाङ्कन, भाषा र राष्ट्रिय सभाको गठनसम्बन्धी विषय भएकाले सरकारले कात्तिक मसान्तभित्र संविधान संशोधनको प्रस्ताव संसद्मा पेस गर्ने बताउनुभएको छ ।
संविधान संशोधनअन्तर्गत नागरिकताको सवाललाई अन्तरिम संविधानअनुसार टुङ्गो लगाउने गरी प्रस्ताव गरिने आज धादिङमा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री निधिले उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री निधिले आज जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुलाई जनताका काम तत्काल गर्न निर्देशन दिनुभयो ।