८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए युकेको मतगणना नभए के हुन्छ ?

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७६, सोमबार १५:२९

 

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको शनिवार सम्पन्न निर्वाचनको मतगणना गर्न निर्वाचन समिति पूर्ण रुपमा असफल भए पछि अव संस्थाको वैधानिकता के हुन्छ भन्ने विषयमा सबै तिर चासो छ ।
सोमवार साँझ सुरु भएको मतगणना स्थगित भए पछि निर्वाचन आयोगले औपाचारिक रुपमा कुनै मुख खोलेको छैन् । आयुक्तहरु समेत मिडियाबाट सम्पर्क विहीन छन् । सर्वत्र अन्योल छ । वेलायतस्थित आम जनसमुदाय मतगणनाको पक्षमा देखिएका छ ।

यसै बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रले वेलायतमा देखिएको पछिल्लो विवाद नजिकबाट नियाली रहेको बताएको छ ।

गैरआवासीय नेपाली संघको विधानले राष्ट्रिय समितिसंग समन्वय गर्न क्षेत्रीय संयोजकलाई पहिलो जिम्मेवारी दिएको छ ।

एनआरएन युरोप संयोजक शिव वरुवालले वेलायतमा भएको निर्वाचन विवाद वारे आन्तरिक छलफल भैरहेको जानकारी दिए ।

यसै बीच गैरआवासीय नेपाली संघले वेलायत निर्वाचन समितिको प्रतिवेदनका आधारमा पदाधिकारी बैठक बस्ने तयारी गरेको छ ।

आवश्यक परे आफैं साँझ आपतकालिन बैठक बस्ने संघका पदाधिकारीको तयारी छ ।

संघको विधानले राष्ट्रिय समितिलाई मान्यता दिने वा नदिने अधिकार आइसीसीलाई दिएको छ ।

निर्वाचन समितिले मतगणना गर्न नसके त्यही आधारमा केन्द्रिय प्रतिनिधीले आफ्नो रिपोट आइसीसीलाई दिने छन् । केन्द्रिय प्रतिनिधीको रिपोटको आधारमा संघले आवश्यक छलफल गरे पछि आफ्नो निर्णय सुनाउने छ । संघले केन्द्रिय सदस्य रामशरण सिमखडालाई प्रतिनिधी खटाएको छ ।

योग कुमार फगामीको समिति के हुन्छ ?
गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीको कार्यकाल दुई वर्षको हो । विधानत उनको कार्यसमितिको कार्यकाल समाप्त भैसकेको छ । संघको सेप्टेम्वर ७ तारिखमा सम्पन्न अधिवेशन पछि सो समितिको कार्यकाल समाप्त भएको हो ।
फगामीको कार्यकाल समाप्त भैसकेको र निर्वाचन समितिले समेत परिणाम दिन नसके पछि गैरआवासीय नेपाली संघ वेलायतको सम्पूर्ण अधिकार केन्द्रिय समिति (आइसीसी) मा जाने भएको छ ।