११ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएन युकेको मतगणना बुधवार देखी सुरु हुने (भिडियो)

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७६, सोमबार १९:०३


लण्डन । सोमवार साँझबाट रोकिएको गैरआवासीय नेपाली संघ युकेको मतगणना सुरु हुने भएको छ ।

निर्वाचन समितिका प्रमुख डमर घलेले स्वयंसेवकको अभावमा रोकिएको मतगणना बुधवार देखी सुरु गर्ने तयारी भैरहेको वताएका छन् ।

घलेले सोमवार बेलायतस्थित पत्रकार ध्रुवराज अर्यालसंग अन्तरवार्ता दिदैं सामाजिक संघसँस्थासंग स्वयंसेवकको लागि समेत अनुरोध गरेका छन् ।

शनिवार सम्पन्न संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचनको मतगणना अध्यक्षका प्रत्यासी शेर सुनार पक्षले बहिस्कार गरे पछि विवाद हुदैंआएको छ । अध्यक्षकी प्रत्यासी पुनम गुरुङले मतगणनाको माग गरेकी छन् ।