७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन आईसीसी महिला संयोजकमा बस्नेतको उम्मेद्बारी

नेपालब्रिटेन डट कम्
३० भाद्र २०७६, सोमबार १९:१५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा प्रमिला बस्नेतले उम्मेद्बारी घोषणा गरेकी छिन् ।

 

विगत १८ बर्षदेखि क्यानडामा कार्यरत एनआरएनए एनसीसी क्यानडाकी महिला संयोजक समेत रहेकी बस्नेतले आगामी कार्यकालको लागि महिला संयोजकमा उम्मेद्बारी घोषणा गरेकी हुन् । ‘एनआरएन मुमेन्टमा लागेको झन्डै १५ वर्ष पुग्न लागेछ अब ग्लोबल मुमेण्टमा महिला संयोजकको रुपमा काम गर्ने सोच र निर्णयसहित तयारीमा जुटेको छु,’ उनले भनिन् ।

 

संसारभर छरिएर रहेका सबै प्रवासी नेपाली महिलाहरुलाई एनआरएनएप्रतिको अपनवत्व जगाउँदै थप सक्रिय, उर्जाशील र जिम्मेवार बनाउने योजना रहेको उनले बताइन् । नेपालमा रहँदा पनि सरकारी विद्यालयमा १२ बर्ष शिक्षण पेशामा संलग्न रहँदा बलकोट विकास समाज बलकोट भक्तपुरमा महिला दिदीबहिनी आयआर्जन र सीप विकास सिलाईबुनाई कार्यक्रम सञ्चालन गरेकी बस्नेत सन् १९९२–१९९७ सम्म नेपाल जर्मन स्वयमसेवक आवतजावत भ्रमण कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

उनले विदेशमा बिचल्ली भएको महिलाहरुको उद्धारका लागि ठूला भूमिका निभाएकी छिन् । प्रवासी महिलाहरुको आवाज उठाउँदै नेपालमा पनि गरिव अशाय तथा विभिन्न संघसंस्थाहरुलाई सहयोग गर्दै आएकी बस्नेत भक्तपुर निबासी हुन् ।