१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मलेसिया रोजगारी खुला

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार ०७:४६

मलेसिया रोजगारी खुला भएको छ । नेपाल र मलेसियाको मन्त्रालयस्तरीय बैठकबाट मलेसिया रोजगार खुला गर्ने सहमति भएको हो ।
बिहीबार भएको बैठकले तत्काल मलेसिया रोजगारीमा जाने बाटो खुला गर्ने निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले बताए । यो सँगै नेपाली कामदार कुनैपनि लागत नतिरी मलेसिया जान पाउनेछन् ।

कामदार लैजाने प्रक्रियाको सबै खर्च रोजगारदाता कम्पनी र मेडिकल खर्च पहिलो महिनाको तलब दिने समयमा रिफण्ड गर्ने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ ।