१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मोदीको सुझाव बोकेर कांग्रेस सभापति देउवा फिर्ता

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार ०६:३४

काठमाडौं । भारतले नेपालको संबिधानमा सबैलाई समावेश गराएर संसोधन गर्नुपर्ने अडान दोहो-याएको छ । भ्रमणमा रहेका नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत नेपालको संबिधान सर्व स्वीकार्य बनोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।
प्रधानमन्त्री कार्यालयमै भएको भेटमा मोदीले आन्दोलनकारीको भावना समेत समेटेर संबिधान संसोधन गर्न सुझाव दिएको बताइएको छ। सभापति देउवाले संविधानको कार्यान्वयनका लागि मधेसवादी दललगायत अन्य संसदमा रहेका राजनीतिक दलसँग छलफल अगाडि बढिसकेको र संशोधित संविधान सबैलाई स्वीकार्य हुने विश्वास दिलएका थिए ।
भेटमा गत वर्ष गएको भूकम्पबाट भएको क्षति र भूकम्प पछिको पुनः निर्माणका सम्बन्धमा पनि छलफल भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले पूर्वगोरखा सैनिकहरु मेहिनती र अनुशासित हुनुका साथै प्राविधिक रुपमा दक्षसमेत रहेका हुँदा पुनः निर्माण कार्यमा उनीहरुलाई संलग्न गराउँदा चाँडै नै पुनः निर्माण कार्य सम्पन्न हुने सुझाव दिएका थिए ।
सभापति देउवाले राष्ट्रिय सुरक्षा सल्लाकार अजित डोभाललाई पनि उनकै निवासमा भेट गरेका थिए । इन्डिया फाउन्डेसनको निमन्त्रणामा भारत गएका देउवा १२ः४० मा काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।