७ बैशाख २०८१, शुक्रबार
Follow Us

विप्लवको कार्यालयमा छापा

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार ०७:५९

 

विप्लव समुहको झापास्थित गोप्य कार्यालयमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार छापा मार्ने क्रममा प्रहरीले विप्लव समुहका तीन जना नेतालाई पनि पक्राउ गरेको छ । त्यसक्रममा विप्लव समुहको मजदुर संगठनका मेची–कोसी व्युरोका संयोजक टिका पोखरल, मेचीकोसी व्युरो सदस्य प्रविण मिश्र र अर्का एक जना रहेका छन् । पक्राउ परेका अर्का एकजना मकवानपुरका अनुल सारु मगर छन् । मगर विप्लवका कुन तहका नेता हुन भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।