१३ बैशाख २०८१, बिहीबार
Follow Us

सहकारीबाट चोरी गरी लगेको सेफ सहित २ जना पक्राउ

नेपालब्रिटेन डट कम्
३१ भाद्र २०७६, मंगलवार १३:१०
 काठमाडौं । भदौ । काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफ सहित २ जनालाई सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ ।
 
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-४ ठेगाना भएका १८ वर्षीय सुनिल थापा मगर र सोही गाउँपालिका-७ ठेगाना भएका २१ वर्षीय दानबहादुर थापा मगर रहेका छन् ।
 
उक्त सहकारी संस्थाबाट फलामको ८५ केजी तौलको सेफ तथा उक्त सेफमा रहेको नगद ७ लाख ८९ हजार ९ सय ९२ रुपैयाँ र विभिन्न व्यक्तिका कागजात लगायतका महत्वपूर्ण सामान चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई खोजी गर्ने क्रममा सुनिल र दानबहादुरलाई उक्त चोरी गरी लगेको सेफ तथा सेफ फोड्न प्रयोग गर्ने फलामको रड, मोबाइल १ थान र नगद ५३ हजार रुपैयाँ सहित महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।