१५ चैत्र २०८०, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहाललाई पार्टीभित्रैबाट असहयोग

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार ०६:४३

काठमाडौं । पार्टीभित्र असन्तुष्टि बढेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैठक बोलाएका छन् । आफ्ना सहयोगीबाट आफूले चाहेजस्तो सहयोग नपाएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आज केन्द्रीय समितिको बैठक बोलाएका हुन् । संगठन विभागका प्रमुख रामबहादुर थापासहित दाहाल निकटका नेताहरुको मौनता र अन्तर्राष्ट्रिय विभागका प्रमुख नारायणकाजी श्रेष्ठको विरोधपछि अप्ठ्यारोमा परेका दाहालले सरकार र पार्टीबीच बुझाइमा एकरुपता कायम गर्न बैठक बोलाएका हुन् । असन्तुष्ट नेताहरुले दाहाल एकल निर्णयबाट अघि बढेको आरोप लगाएका छन् ।