१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हदबन्दी छुटको जग्गा मासिने जोखिम

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार ०२:१७

काठमाडौं– भूमिसम्बन्धी ऐन, २०२१ लाई संशोधन गर्न बनेको विधेयक’ संघीय संसदबाट पारित भएसँगै औद्योगिक विकासका लागि हदबन्दीभन्दा बढी राख्न दिइएको हजारौं बिगा जग्गा मासिने जोखिम बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिनिधिसभाबाट यसअघि नै पारित विधेयक राष्ट्रियसभाको मंगलबारको बैठकले प्रतिपक्षीलगायतको विरोधका बीच बहुमतबाट पारित गरेको हो ।
विधेयक भूमाफियाको स्वार्थमा ल्याइएको र त्यसमा उल्लिखित प्रावधानले हदबन्दीभन्दा बढीको जग्गा अब हिनामिना हुने जानकारहरु बताउँछन् ।