८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार ०९:१८

 १९ लिस्बन – नेपाल चेम्बर्स अफ कमर्स पोर्चुगलको कार्यसमिति गठन हुने भएको छ। ६ फेब्रुअरी १०१७ मा नेपाल चेम्बर्स अफ कमर्सले पोर्चुगलका लागि शुम्भु गौतमलाई आफ्नो प्रतिनिधि तोके पनि अहिले सम्म कार्यसमिति गठन हुन सकेको थिएन तर अब निकट बिजय दशमीको अवसर पारेर शुभकामना आदान-प्रदान सहित एक भब्य कार्यक्रमको आयोजना गरि कार्यसमिति घोषणा गरिने कुराको जानकारी प्रतिनिधि शम्भु गौतमले जानकारी दिएको छ ।

गौतमका अनुसार ”पोर्चुगलको विभिन्न क्षेत्रमा रहेर विभिन्न ब्यबसायमा सक्रिय रहेका नया पुराना ब्यबसायीहरुलाई समेटेर कार्यसमिति गठन गर्न लागिएको हो र कार्यसमति गठन पश्चात नेपालको हित हुनेगरी आयात, निर्यात तथा पर्यटन क्षत्रमा ठुलो टेवा पुग्ने कुराको आशा गरिएको छ ”।

 

प्रतिनिधि गौतम यस अघि (२०१५-२०१७) गैर-आबासिय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष थिए भने हालै यूरोप उप-संयोजकको रुपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका पोर्चुगलका एक सफल बयाबसायी हुन् ।