७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको मतगणना आज पनि नहुने

नेपालब्रिटेन डट कम्
१ आश्विन २०७६, बुधबार ०९:२७


लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मतगणना फेरि रोकिएको छ ।
यसअघि, शनिवार भएको निर्वाचनको मतगणना आज बुधवारदेखि हुने घोषणा प्रमुख निर्वाचन आयुक्त डमर घलेले गरेका थिए ।
मंगलबार साँझ निर्वाचन समिति, संरक्षकहरु र अध्यक्षका प्रत्यासीद्धय पुनम गुरुङ र शेर सुनार समेतको उपस्थितिमा भएको बैठक निष्कर्षबिहीन भएको हो ।

बैठकमा शेर सुनार पक्षले मतगणनाको सट्टा ह्यारो, बेजिङस्टक र अल्डरशट मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेपछि मतगणना अनिश्चित भएको हो ।
स्रोतका अनुसार शेर सुनार पक्षका केही नेताहरुले अध्यक्षका प्रत्यासी गुरुङ र सुनारले एक एक वर्ष अध्यक्ष सम्हाल्ने गरि सहमति गर्न प्रस्ताव गरेका छन् । सो प्रस्तावलाई गुरुङ पक्षले सिधै अस्वीकार गर्दै जनमतको कदर हुनु पर्नेमा जोड दिएको छ ।
केही मतदान केन्द्रमा धाँधली भएको भन्दै विवाद सिर्जना भएको हो । एनआरएन युकेको नयाँ नेतृत्व चयनका लागि १४ अगस्टमा मतदान भएको थियो ।